हेटौँडामा ११० जनालाई निःशुल्क सीप विकास तालिम, यसरी दिनुहोस् आवेदन

हेटौँडा । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय हेटौंडाद्वारा साउन महिनादेखि सञ्चालन गरिन लागिएको विभिन्न सीप विकास तालिमहरूका लागि आवेदन खुला गरिएको छ। इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने छन्।

उपलब्ध तालिमहरू:
कम्प्युटर सफ्टवेयर – ६ महिने (७३० कार्य घण्टा), न्यूनतम योग्यता: SLC/SEE, २० प्रशिक्षार्थी
जनरल मेकानिक्स – ३ महिने (३९० कार्य घण्टा), न्यूनतम योग्यता: कक्षा ८ उतीर्ण, १० प्रशिक्षार्थी
केश श्रृंगार तथा सौन्दर्य वेसिक – ३ महिने, न्यूनतम योग्यता: कक्षा ८ उतीर्ण, २० प्रशिक्षार्थी
प्लम्बिङ्ग – ३ महिने, न्यूनतम योग्यता: कक्षा ८ उतीर्ण, २० प्रशिक्षार्थी
सिलाई कटाई वेसिक – ३ महिने, न्यूनतम योग्यता: कक्षा ८ उतीर्ण, २० प्रशिक्षार्थी
इलेक्ट्रोनिक्स मर्मत – ३ महिने, न्यूनतम योग्यता: कक्षा १० उतीर्ण, २० प्रशिक्षार्थी

अन्तर्वार्ता मिति:
जनरल मेकानिक्स: २०८२/०४/२१, बिहान ११ बजे
केश श्रृंगार तथा सौन्दर्य वेसिक: २०८२/०४/२२, बिहान ११ बजे
सिलाई कटाई वेसिक: २०८२/०४/२३, बिहान ११ बजे
(अन्य तालिमको अन्तर्वार्ता मिति पछि तोकिने)

आवेदन दिने प्रक्रिया:
-आवेदन फारम सामाजिक विकास कार्यालय हेटौंडा–८, कमाने स्थित तालिम भवनमा प्राप्त गर्न सकिनेछ वा कार्यालयको वेबसाइट www.sdohetauda.bagamati.gov.np बाट डाउनलोड गर्न सकिनेछ।
-फारममा पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि राखी २०७९/०४/१९ गतेभित्र कार्यालयमा बुझाउनु पर्नेछ (यदि सो दिन बिदा परेमा भोलिपल्ट)।

विशेष प्राथमिकता:
दलित, विपन्न, महिला, पिछडिएको वर्ग, अपाङ्गता भएका, जनआन्दोलनका घाइते तथा सहिद परिवार, एकल महिला आदि समुदायलाई तालिममा प्राथमिकता दिइनेछ।

अन्य जानकारी:
सहभागी हुने उमेर १६ वर्ष नाघेको र ४० वर्ष ननाघेको हुनुपर्नेछ।
तालिम निःशुल्क प्रदान गरिनेछ।
छनौट प्रक्रिया अन्तर्वार्तामार्फत हुनेछ।
तालिम सकिएपछि रोजगार वा स्वरोजगारमा संलग्न हुने अवसर पनि बढ्ने अपेक्षा गरिएको छ।

सम्पर्क:
सामाजिक विकास कार्यालय, हेटौंडा, मकवानपुर
फोन नं.: ०५७-४१२७१६
– गोपाल प्रसाद कँडेल, कार्यालय प्रमुख

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top